नियम ७४
जिल्लागत वित्तीय विवरण
(१) कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लास्थित कार्यालयलाई दिएको भुक्तानी निकासाको आधारमा बजेट शीर्षक र कार्यालयको विवरण छुट्टिने गरी प्रत्येक केन्द्रीय निकायको नेपाल सरकारको स्रोत, वैदेशिक सहायताको भुक्तानी निकासाको विवरण, राजस्व धरौटी, अन्य कोष तथा सम्पत्ति र प्रतिबद्धताको छुट्टाछुट्टै अभिलेख तयार गरी सोको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र महालेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको विवरण पठाउँदा बजेटमा समावेश भएको तर भुक्तानी निकासा दिनु नपर्ने नियम ७३ को उपनियम (२) बमोजिमको वस्तुगत सहायता, सोझै भुक्तानी, टर्न की, प्राविधिक र अन्य सहायताको अतिरिक्त शोधभर्ना हुने रकम, खर्च शीर्षक, दातृपक्ष, स्रोतको प्रकार र भुक्तानी विधि समेत खुलाई पठाउनु पर्नेछ।
(३) कोष तथा लेखा नियन्त्रक कार्यालयले नियम ७३ को उपनियम (३) बमोजिम प्राप्त वित्तीय विवरणमा वार्षिक बजेट, रकमान्तर, निकासा, खर्च, बाँकी रकम, राजस्व, धरौटी र अन्य कोषको कारोबार समेत रुजु गरी महालेखा नियन्त्रक कार्यालयले तोकिदिएको समयभित्र महालेखा नियन्त्रक कार्यालयमा र केन्द्रीय लेखा राख्ने तालुक कार्यालयमा पठाउनु पर्नेछ।